अमेरिकामा ‘फिर्के’ चल्ने



काठमाण्डौ। नेपालमा पौष २१ गते रिलीज हुने नेपाली चलचित्र ‘फिर्के’ अमेरिकामा पनि चल्ने भएको छ ।

चलचित्र निर्माण कम्पनी एस.एम.एस. फिल्म्स प्रा.लि. र अमेरिकामा प्रदर्शनको लागि लक्षिन फाउण्डेशनका बीच सम्झौता भएको चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकरले बताएका छन् । फाउण्डेशनका अध्यक्ष लक्षिन गुरुङ्गले आगामी फेब्रुअरीबाट अमेरिकाका बिभिन्न स्टेटहरुमा चलचित्र प्रदर्शन गरिने बताए ।

नेपाल प्रदर्शन पश्चात अन्य केहि मुलुकहरुमा समेत ‘फिर्के’ प्रदर्शन हुने बताईएको छ । यो चलचित्र ‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको हो जसलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन् ।

गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu