यसकारण अनमोलसँग जुधिनन् स्वेता, सर्यो ‘कान्छी’ रिलिज मिति
काठमाण्डौ। नायिका तथा निर्मात्री स्वेता खड्काले आफ्नो चलचित्र ‘कान्छी’ रिलीज एक हप्ता पछाडी सारेकी छन् ।
निर्माण पक्ष र वितरकले फागुन ४ गतेलाई ‘कान्छी’को प्रदर्शन मिति पक्का गरेका छन् । अब माघ २६ मा अनमोल केसी स्टारर ‘कृ’ मात्रै रिलीज हुनेछ ।
किन सारिन् त श्वेताले ‘कान्छी’ ? यो प्रश्नमा स्वेताले भनिन्, ‘मलाई जुध्न मन लागेन । ‘कृ’ टिमसँग धेरै छलफल गर्ने कोशिस गर्दा पनि कुनै निर्णय नभएपछि म आँफै सरेकी हुँ’ ।
आकाश अधिकारी निर्देशित ‘कान्छी’मा श्वेता र अभिनेता दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सामाजिक तथा सांगीतिक प्रेम कथामा बनेको यस चलचित्रको गीत चरी चट्टले यूट्युबमा पचास लाख बढि भ्युज पाईसकेको छ ।
हेर्नुहोस् उक्त गीत: