‘लालपुर्जा’ गीतमा सौगात र मिरुनाको रोमान्स (भिडियो)



माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘लालपुर्जा’को पहिलो गीत सार्वजनिक गरिएको छ । यो चलचित्र छायांकन सकिएको लामो समयदेखि विवादमा थियो । ‘मितेरी’ बोलको गीतमा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायतका कलाकारहरु प्रस्तुत छन् ।

जसोन कुँवरको शब्द तथा संगीत रहेको गीतमा अन्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीता चौलागाई, पुष्प पलान्चोके र संगीतकार स्वयंमकै स्वर छ ।

‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो चलचित्र ‘लालपुर्जा’मा हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरु पनि अभिनय छ । मिस्टिक ड्रामा भनिएको ‘लालपुर्जा’मा दुई दाजुभाइको लालपुर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाउन खोजिएको छ ।

नेगेटिभ बुद्धको व्यानरमा निर्मित चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ । लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठ पनि चलचित्रमा विशेष भूमिकामा देखिनेछन् । पटकथा भने सुजित बिडारीले तयार पारेका हुन् । नरेन्द्र मैनाली चलचित्रका छायाँकार हुन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu