‘रोमियो एण्ड मुना’को टीजर सार्वजनिक (भिडियो)



काठमाडौं । फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’को टीजर सार्वजनिक भएको छ ।

फरक शैलीमा तयार पारिएको सवा एक मिनेट लामो टीजरमा चलचित्रका नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ चराको जोडी बनेका छन् । यो चलचित्रको हाल पोष्ट प्रोडक्सनको कार्य चल्दैछ ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । नरेश कुमार केसी निर्देशित फिल्ममा विनय र सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu