अब आर्यन र सृष्टिको जोडी
काठमाण्डौ। नायक आर्यन अधिकारी र नायिका सृष्टिले चलचित्रमा जोडी बाँध्ने भएका छन् । निर्देशक सबिर श्रेष्ठको चलचित्र ‘बाँध मायाले’मा यो जोडी देखिनेछ ।
यस चलचित्रको छायांकन यसै सातादेखि नवलपरासीबाट सुरु हुनेछ । ‘लामो तयारी पछि हामी सुटिङमा निस्किएका हौं’, निर्देशक श्रेष्ठले भने, ‘दर्शकले चाहे जस्तो चलचित्र बनाउँछु’ । यो चलचित्र पूर्ण रुपमा प्रेमकथामा आधारित रहने बताईएको छ ।
निर्देशक श्रेष्ठको काईट्स ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुती रहने ‘बाँध मायाले’मा निर्माताको रुपमा रामहरी धिताल र बिभिसीका श्रेष्ठ रहेका छन् । सह-निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार प्रसाद धिताल छन् ।
बाबु श्रेष्ठको छायांकन रहने यस चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । आर्यन र सृष्टिसँगै कलाकारहरु राजाराम पौडेल, विशाल चाम्लिङ लगायतको अभिनय रहनेछ । नव प्रस्तुतीको रुपमा किशोर खड्का रहेका छन् ।