‘मिस्टर एण्ड मिस कोशी २०१८’को अडिसन शुरु



विराटनगर। जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा ‘मिस्टर एण्ड मिस कोशी २०१८’ को अडिसन सुरु भएको छ । प्रत्येक बर्ष गर्दै आएको मिस्टर कोशीको दोस्रो र मिस कोशी चौथो सँस्करणको पहिलो अडिसन विराटनगरमा भएको छ । पहिलो अडिसनमा मिस्टर कोशीको लागी १२ जना र मिस कोशीको लागी ८ जनाले अडिसन दिएका छन् ।

पुषको अन्तिम साता हुने ग्राण्ड फिनालेको विजेताले १ लाख नगद र चाँदीले बनेको क्राउन पाउने जय मिडिया म्यानेजमेन्टका अध्यक्ष जयराज रायले जानकारी दिए । अध्यक्ष रायको अनुसार यस प्रतियोगीतको टप थ्रीमा पर्ने प्रतियोगीले अन्तराष्ट्रिय प्रतियोगिता मिस्टर एण्ड मिस टिन ईन्टरनेशनल प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

गत बर्षको मिस कोशीको सेकेण्ड रनरअप सोनीटा दाहाल सो प्रतियोगीतमा सहभागि भएकी थिईन् । सो प्रतियोगीतमा उनले ‘मोस्ट चार्मिंग टिन इन्टरन्यास्नल’को उपाधि र टप सात पनि पुगेकी थिइन् ।

दोस्रो अडिसन आगामी मंसिर ९ गते ईटहरीमा र १६ गते विराटनगर र चौथो अडिसन १७ गते पुन: ईटहरीमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu