यूएईमा ‘ल्होछार साँझ २०१८ – साँस्कृतिक कार्यक्रम’ हुँदै
तामाङ समाज यूएईले तामाङहरूको धार्मिक तथा साँस्कृतिक एंएवंव राष्ट्रिय पर्व सोनाम ल्होछार २८५४ औँ खि ल्हो को अवसरमा यूएईमा “ल्होछार साँझ २०१८ – साँस्कृतिक कार्यक्रम”को आयोजना गर्ने भएको छ ।
१९ जनबरी शुक्रबार, देरा दुबई स्थित कार्लटन टावर होटलमा दिनको २:०० बजे देखि कार्यक्रम हुने बताईएको छ । समाजका केन्द्रिय महासचिव सनिल घिसिङको संयोजक्तवमा विभिन्न समितिहरू गठन गरी कार्यक्रमको तयारी अगाडी बढाईएको छ ।
ल्होछार (नयाँ बर्ष) को पावन अबसरमा यूएईमा बसोबास गर्ने तामाङ तथा अन्य समुदायहरू बीच ल्होछारको शुभकामना आदनप्रदान, तामाङहरुको धार्मिक तथा संस्कृति-कला झल्किने गीत, नृत्य, फापरे गीत, तामाङ भेष-भुषा तथा पुजा-पाठ प्रस्तुत गर्न तयारीहरू भईरहेको र नेपालबाट अतिथि कलाकारहरू चर्चित सेलो गायक फुलकुमार बम्जन र अर्का चर्चित म्हेन्दो माया गायक रोशन फ्युबालाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक सनिल घिसिङले बताए ।
फुलकुमार बम्जनले थुप्रै लोकप्रिय लोकगीत, सेलो र चलचित्रका गीतहरू गाएका छन् । त्यस्तै म्हेन्दो माया गायक, संगीतकार तथा म्यूजिक भिडियोका सफल निर्देशक रोशन फ्युबाको यूएईमा पहिलोपटक सांगितिक प्रस्तुति हुने भएको छ ।
समाजले आफ्नो स्थापनाकाल देखि नै तामाङ गीत-संगीतको क्षेत्रमा नव-प्रतिभाहरू देखि विश्वभर ख्याति कमाउन सफल बरिष्ठ कलाकारहरूलाई ल्होछारको अबसरमा यूएई आमन्त्रण गरी सांगीतिक कार्यक्रमहरू गर्दै आईरहेको छ ।
ल्होछार साँझको लागि यसअघि कलाकार तथा निर्देशक जयनन्द लामा, गायक रोज मोक्तान, बरिष्ठ गायक तथा संगितकार चन्द्र कुमार दोङ, गायक विशाल काल्तेन, गायिका ईन्दिरा योन्जन, गायिका तुलसा वाईवा, गायिका जमुना योन्जन, गायक सोनाम ब्जयू, गायिका रमला पाख्रिन, गायक आशुसेन लामा लगायत एक दर्जन बढि गायक-गायिकाहरु यूएईमा पुगिसकेका छन् ।