‘सुपर गोर्खे’को गीत रिलीज (भिडियो)



काठमाण्डौ। नायिका ऋचा सिंह ठकुरीले निर्माण गरेको नेपाली चलचित्र ‘सुपर गोर्खे’को ‘तिमी नै हौं बोलको रोमान्टिक गीत रिलिज भएको छ । तारा प्रकाश लिम्बुको संगीत, ज्ञानेन्द्र ताम्लिङको शब्द रहेको गीतमा गायिका रजनी रिमाललाई संगीतकार लिम्बुले साथ दिएका छन् ।

राज थापा निर्देशित ‘सुपर गोर्खे’मा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ ।

किरण माईकलको लेखन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ ।

निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिपजंग थापा रहेका छन् । विवाहपछि ऋचा ‘सुपर गार्खे’ लिएर दर्शकमाझ आएकी हुन् ।चलचित्र मंसिर २९ देखि देशभर लाग्दैछ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu