५१ दिनमा ‘छक्का पन्जा २’, व्यापार भयो कति ?
काठमाण्डौ। यस बर्षको वडा दशैंमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको छ । चलचित्र असोज ११ गतेदेखि प्रदर्शनमा आएको थियो ।
छक्का पञ्जा २’ टिमले बिहिबार ५१ दिने सेलिव्रेसन कार्यक्रम समेत राखेको छ । दिपाश्री निरौला निर्देशित छक्का पञ्जा २ प्रदर्शनको ५१ दिनसम्म देशभरका केहि हलमा चलिरहेको छ ।
चलचित्रले हालसम्म साढे पन्ध्र करोडको ग्रस कलेक्सन गरिसकेको बताइएको छ । यसअघि एक सय दिन मनाएको ‘छक्का पञ्जा’ले सोह्र करोडको ग्रस व्यापार गरेको थियो ।
दिपकराज गिरी, दिपाश्री निरौला र विकास आचार्यको संयुक्त लगानी रहेको ‘छक्का पञ्जा २’मा दिपक सहित प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् ।