यि कलाकारले बोके आफ्नो जोडी र साथी, ‘झ्यानाकुटी’ पोज हिट बन्दै
काठमाण्डौ। यो शुक्रबार देखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘झ्यानाकुटी’ले ल्याएको फोटो कन्टेस्टले चर्चा पाएको छ । प्रिती चाउचाउसँगको सहकार्यमा चलचित्रले ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडी ल्याएको थियो ।
कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा ३ल्यखज्ञठ र ३व्जथबलबपगतष् मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ । त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् । यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ दिएका छन् ।
यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाइन्छ । ‘यतिको साथ पाइन्छ भन्ने सोचेकी थिइन तर दर्शकको चासोसँगै सहकर्मीले साथ दिँदा निकै खुसि लाग्दो रहेछ’ निर्माणमा डेब्यु गर्न लागेकी निशा अधिकारी भन्छिन्, ‘चलचित्रले दर्शकको समय र पैसाको सदुपयोग गर्छ ढुक्क हुनुस ।’
यस चलचित्रमा निशासँगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै निर्देशक हुन् । प्रदीप भारद्वाजको कथा रहेको यस चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्रले सेन्सरबाट पिजी सर्टिफिकेट पाएको छ ।
झ्यानाकुटी पोज क्लिक गर्ने सेलिब्रेटीहरु:
प्रियंका कार्की – दीपक राज गिरि
नीता ढुंगामा – श्याम भट्टराई
ऋचा शर्मा – अनिल पराजुली
दिया मास्के – अनोज पाण्डे
बर्षा राउत – सञ्जोग कोइराला
रिमा बिश्वकर्मा – रविन श्रेष्ठ