हरिवंशका नदेखिएका पाँच तस्वीर, पुगे ६० बर्ष
काठमाण्डौ। मह जोडीका ‘म’, बरिष्ठ कलाकार हरिवंश आचार्यको आज ६०औँ जन्मदिन हो । वि.सं. २०१४ मा राजधानी काठमाण्डौंमा जन्मिएका आचार्य नेपाली कला क्षेत्रका सम्माननिय व्यक्ति हुन् ।
अर्का कलाकार मदनकृष्ण श्रेष्ठसँग जोडी बाँधेर उनले चार दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आइरहेका छन् । हाँस्यव्यङ्ग्य कलाकारिताको माध्यमबाट समाजमा सकारात्मक प्रभाव छोड्न सफल हरिवंशले थुप्रै सम्मान तथा पुस्कारहरु पाएका छन् ।
उनका ‘चिना हराएको मान्छे’ नामक आत्मकथा तथा ‘हरिबहादुर’ जस्ता लोकप्रिय पुस्तक प्रकाशन भईसकेका छन् । हरिवंशलाई बिशेष गरी ‘हरिबहादुर’ उपनामले चिनिन्छ । ‘हाम्री आमा’, ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारङ्गी रेटौंला’ जस्ता सदाबहार गीत समेत उनले गाएका छन् ।
त्यस्तै, ‘लोभी पापी’, ‘बलिदान’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’ जस्ता चलचित्रमा उनले अभिनय गरेका छन् भने यतिबेला ‘शत्रु गते’ नामक चलचित्र छायांकनमा छ, जसमा उनको प्रमूख भूमिका छ ।
अरुलाई हँसाउने कलाकारको आफ्नो जीवन चाहिँ कस्तो हुन्छ होला ? सबैले रमाईलो हुन्छ होला सोचिरहेका हुन्थे, तर हरिवंशको जीवनमा भने त्यसको ठिक उल्टो भैदियो । केहि बर्षअघी श्रीमती मिराको निधन भयो । त्यो बेला उनलाई कस्तो भयो होला सहजै अनुमान लगाउन सकिन्छ ।
केहि समय पछि हरिवंशले रमिलासँग बिहे गरे । मिरा तर्फका दुई छोरा र बुहारीहरु छन् । दोश्रो बिहेसँगै हरिको चेहरामा पुन: मुस्कान आएको थियो ।
हरिवंश आचार्यलाई जन्मदिनको हार्दिक मंगलमय शूभकामना ।