कलेज-कलेजमा ‘झ्यानाकुटी’ यूनिट



काठमाण्डौ। मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झ्यानाकुटी’ यूनिट यतिबेला कलाकारको साथमा राजधानीका विभिन्न कलेजहरुमा पुगिरहेको छ । ‍यसै क्रममा काठमाण्डौ मित्रपार्कको टेक्सस इन्टरनेशनल कलेज र चाबहिलको के युसिटी कलेज पुगेर यसका कलाकारले चलचित्रको प्रचार गरेका छन् ।

कलेजमा अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल, निर्मात्री नीशा अधिकारीलगायत पुगेका थिए । कलेजमा नीशा नाम गरेकी एक विधार्थीले सौगातलाई काँधमा बोकिन् । फिल्मको पोष्टरमा सौगातलाई बेनिशाले बोकेकी छिन् । यसैगरी नीशाले पनि सौगातलाई बोकेकी हुन् ।

कलेजमा पुगेको चलचित्र युनिटले विशेषगरी बाल विवाहको मुद्दामाथि छलफल गरे । निर्मात्री नीशाले भनिन्, ‘चलचित्रले विवाहित जोडीको यस्तै कथा प्रस्तुत गर्छ त्यसैले बालविवाह बारे छलफल गरेका हौं।’ ‘झ्यानाकुटी’बाट नीशाले चलचित्र निर्माणमा डेब्यू गरेकी हुन् ।

यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गरेका हुन् । ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu