‘रोमियो’को गीतमा नीशाको यादमा तड्पिए हसन (भिडियो)



काठमाण्डौ। कार्तिक २४ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘रोमियो’को एक वियोगान्त गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक हसन राजा खान नायिका नीशा अधिकारीको यादमा तड्पिएका छन् ।

कुर्बान अली खान र अमृता लिम्बुको आवाज रहेको गीतमा कुर्वानकै शब्द तथा संगीत छ ।  शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन सापकोटा निर्माता, बिष्णु कार्की सह-निर्माताको रुपमा छन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, अष्ट महर्जनको एक्सन छ । ‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रको यो बियोगान्त भावको गीतले पनि दर्शकको मन जित्न सक्छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रबाट नायक तथा निर्माता हसनले निकै आशा गरेको बताएका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu