सकियो ‘बटरफ्लाई’को छायांकन



काठमाण्डौ। आर्यन अधिकारी र प्रियांका कार्की स्टारर नेपाली चलचित्र ‘बटरफ्लाई’को छायांकन सकिएको छ । अन्त्यमा एक गीत खिच्दै ‍सम्पूर्ण छायांकन सकिएको हो ।

खिचिएको ‘मायाका रङहरु’ बोलको गीतमा आर्यन र अभिनेत्री प्रियंकाले दृश्य दिएका छन् । उक्त गीतमा प्रियंकाले केही बोल्ड दृश्यहरु दिएकी छिन् । यो गीत छिट्टै रिलिज गरिने बताईएको छ ।

पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति छन् । सुरेश बज्राचार्यले खिचेको चलचित्रमा कोरियोग्राफी कविराज गहतराजको छ । आउँदो पौष २८ मा रिलिज हुने यो चलचित्रका निर्देशक ओमप्रतिक गुरुङ हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu