‘होलिडे’का छायाँकार दिनेश बेल्जियमबाट फरार, प्रहरीले खोज्दै



नेपाली चलचित्र ‘होलिडे’का छायाँकार दिनेश कुमार राई (बान्तवा) यूरोपको बेल्जियमबाट फरार भएको बताईएको छ । बसन्त निरौला निर्देशित उक्त चलचित्रको सम्पूर्ण छायांकन सकेर नेपाल फर्किन १ दिन बाँकी रहँदा राई सम्पर्क बिहिन भएको निर्देशक निरौलाले बताए ।

राईले पासपोर्ट र महत्वपूर्ण कागजात साथमा लिएर फरार भएको बताईएको छ । ‘केहि सामान किन्न भनि बाहिर निस्केका राई त्यसपछि सम्पर्कमा आएका छैनन्’, निर्देशक निरौलाले भने ‘कतै केहि भयो कि भनि प्रहरीको पुग्यौँ तर कुनै अप्रिय घटना भएको पत्ता लागेन । प्रहरीले पनि उनि फरार भएको भन्दै खोजी कार्य तिव्र बनाएको छ’ ।

दिनेशसँगै नेपाल फर्किन टिकट लिएका नायक गौरव पहारी सहित मूख्य सहायक निर्देशक बिनय पौडेल भने सोमबार नै नेपाल आईसकेका छन् । आइतबार देखि दिनेश सम्पर्क बिहिन भएका हुन् । उनले घरमा लैजान भनेर किनेका सामानसहितको लगेज भने यत्तिकै छोडेका छन् । दुई महिनाको लागि प्रवेशाज्ञा पाएका उनको भिसा अवधी अझै केहि दिन बाँकी रहेको बताईएको छ । निर्देशक निरौला सहित चार जना अझै यूरोपमा नै रहेको र नोवेम्बर पाँच तारिक सम्ममा सम्पर्कमा आएर नेपाल नफर्केमा त्यहाँको कानुन बमोजिमको कारवाही हुने निर्माता तथा कलाकार श्याम श्रेष्ठले बताए । श्रेष्ठ सहित हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले ‘होलिडे’ टीमलाई स्पोन्सर गरेका थिए । श्यामले यूरोपको जुनसुकै स्थानमा भएपनि कारबाही गर्ने बताएका छन् ।

श्यामका अनुसार दिनेशलाई लुक्न सहयोग गर्ने सहयोगीलाई पनि मानव तस्करीको मुद्दा चलाई हदैसम्मको कारवाही हुन्छ । निर्देशक निरौलाले आफुले बिश्वास गरेर लगेको तर दिनेशले बिश्वासघात गरेकोले कारबाही गरेरै छोड्ने बताए । यदि उनलाई प्रहरीले पक्राउ गरेको खण्डमा उनलाई फेला पार्न खर्च भएको सम्पूर्ण रकम प्रहरीलाई बुझाउनै पर्ने नियम रहेको बताईएको छ । दिनेश चलचित्र प्राविधिक संघका कार्यसमिति सदस्य समेत हुन् ।

यस्तो छ प्रहरी रिपोर्ट (डच भाषामा)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu