‘ऐश्वर्य’लाई दर्शकको साथ, यस्तो छ तीन दिने व्यापार



काठमाण्डौ। छठ पर्वको अवसरमा रिलीज भएको नेपाली चलचित्र ‘ऐश्वर्य’लाई दर्शकको साथ मिलेको छ । बिहिबार, शुक्रबार तथा शनिवार गरेर यो चलचित्रले २ करोड बढी ग्रस कलेक्सन गर्न सफल भएको बताईएको छ ।

‘चलचित्रले कमाएको कुराले हषिर्त छु नै साथै फिल्मलाई दर्शकले मन पराउनु भएको छ, त्यसैले झन् हषिर्त छु’ निर्माता तथा कलाकार रमेश उप्रेती भन्छन्, ‘फिल्मको मेकिङ्गको सर्बत्र चर्चा छ, त्यो सुखद पक्ष हो ।’

पहिलो दिन विहिबार उपत्यकामा २८ लाख ८६ हजार १ सय ७ रुपैया र मोफसलमा १९ लाख ३० हजार ५ सय ७५, दोस्रो दिन शुक्रबार उपत्यकामा ३२ लाख ६६ हजार ७ सय ४३ र मोफसलमा २४ लाख ८३ हजार ३ सय ५० र तेस्रो दिन शनिवार उपत्यकामा ५६ लाख ६४ हजार ५ सय ३७ र मोफसलमा ३९ लाख ६६ हजार १ सय ७२ को व्यापार चलचित्रले गरेको प्राप्त व्यापारिक रिपोर्टमा उल्लेख गरिएको छ ।

दिवाकर भट्टराई निर्देशित चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईँ, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, विकास खतिवडा लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu