पति परदेशिँदाको पीडामा बन्यो यस्तो गीत (भिडियो)



काठमाण्डौ। डी.आर. ‘अटु’को शब्द/संगीत, सुनिता थेगिमको स्वर रहेको गीत ‘मेरो प्यारा’को भिडियो रिलीज भएको छ । रमेश संग्रौलाको निर्देशनमा बनेको भिडियोमा ‘मेरीबास्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चर्चित सन्देश लामिछाने र मोडल सारिका केसीको अभिनय रहेको छ ।

गीतले श्रीमान विदेशीँदा श्रीमतीलाई हुने पीडा व्यक्त गरेको छ । गीतमा तिहार लगायत चाडबाडको माहौल समेत रहेको छ ।

दिक्तेल बजार, जब साझ पर्दै गयो, काडाले घोच्ला बिस्तारै जाउ, झुम्के माया, क्यारुम त नि, गुडि जाने रेल, चौबन्दी चोलीले, पत्थर झै रैछ तिम्रो मुटु, आदि जस्ता चर्चित गीतका संगीत सर्जक ‘अटु’ हाल दक्षिण कोरियामा छन् । यद्यपी उनको संगीत श्रृजना भने निरन्तर अघि बढिरहेको छ ।

अर्जुन सापकोटाको छायांकन रहेको भिडियोलाई अनिल महर्जनले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu