सारासँग यसरी नाचे निखिल, ‘पिंजडा ब्याक अगेन’को गीत सार्वजनिक (भिडियो)



काठमाण्डौ। एक्शन नायक निखिल उप्रेतीको डेब्यू चलचित्र ‘पिंजडा’को सिक्वेल ‘पिंजडा ब्याक अगेन’को गीत सार्वजनिक भएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘कु कु कु’ बोलको गीत सार्वजनिक गरिएको हो ।

लोक लयमा आधारित गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने राजनराज र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । निखिल उप्रेती र सारा श्रीपाली फिचरिङ गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । भिडियोमा निखिल र साराको केमेष्ट्री रहेको छ । निखिल र साराले यसअघि ‘रुद्र’ चलचित्रमा एकसाथ काम गरेका थिए ।

चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ । सय बढि चलचित्रमा द्वन्द्व निर्देशन गरेका हिमाल केसीले यो चलचित्र निर्देशन गरेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu