सुभाष सुन्दासको उड्न देउ सार्वजनिक (भिडियो)



काठमाण्डौ। गायक सुभाष सुन्दास आफ्नो नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । गायक सुन्दासले पछिल्लो एकल एल्बम ‘उड्न देउ’ को शीर्षक गीत ‘उड्न देउ…’ को म्युजिक भिडियो यूट्युबमार्फत भर्खरै सार्वजनिक गरेका छन् ।

हाइलाइट्स रेकर्ड्सको च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो । गायक सुन्दासकै शब्द तथा संगीतको उक्त गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन् । म्युजिक जोयको म्युजिक लेभलमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियो साइप्रसका आकर्षक लोकशनमा छायांकन गरिएको छ । खासगरी समुद्री किनाराका दृष्यहरु अत्यन्त रमणीय लाग्छन् । आकर्षक लोकेशनमा कलाकारहरुले पनि उत्तिकै उत्कृष्ट अभिनय गरेका छन् ।

बिरन मगरको निर्देशन तथा छायांकनको उक्त भिडियोमा गायक सुन्दाससंगै सोनिया श्रेष्ठ तथा दिनेश कार्कीले अभिनय गरेका छन् । भिडियोमा एउटा रोमाञ्चक प्रेम कथालाई चित्रण गरिएको छ । माधव बेल्बासेद्वारा सम्पादन गरिएको उक्त भिडियोका केही दृष्यमा भिएफएक्स समेत गरिएको छ । सुनिल थापाले भिडियोमा भिएफएक्स गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu