अशिष्मा अब निर्मात्री पनि, नायिका पनि
काठमाण्डौ। नायिका अशिष्मा नकर्मी नेपाल भाषाको चलचित्रबाट निर्माता बन्ने भएकी छिन् । अशिष्मा प्रस्तुतकर्ता रहेको फिल्म ‘लाखे भाजु’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ ।
नेवार समुदायको परम्परागत लाखे नाचमा आधारित भएर फिल्म निर्माण हुने यो चलचित्रले लाखे नाच्ने एक यूवकको प्रेमकथा फिल्मले बोल्नेछ । फिल्ममा अशिष्मा र सोहित मानन्धर मुख्य भूमिकामा छन् ।
प्रदीप कुमार उदय परिकल्पनाकार रहेको फिल्मका निर्माता नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दरराज भण्डारी र दीपक श्रेष्ठ हुन् । ५० लाख लागतमा निर्माण हुने यो फिल्ममा सुशन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत, खड्ग बहादुर तामाङको नृत्य रहनेछ । चलचित्रलाई आर्यम नकर्मीले निर्देशन गर्नेछन् ।