‘छक्का पञ्जा २’ को बम्पर ओपनिंग



काठमाण्डौ। चलचित्र ‘छक्का पञ्जा २’ले बम्पर ओपनिंग गरेको छ । देशभरका एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन बुधवार प्राय: हलहरुमा हाउसफूलको व्यापार गरेको बताईएको छ ।

राजधानीका गोपी, अष्ट, गुण, बाराही लगायत हलहरुमा ‘छक्का पञ्जा २’ लागेका चार वटा पर्दा समेत फूल भएका थिए । बिहिवार दर्शजको फ्लो अझै बढि हुने अपेक्षा रहेको निर्माता समेत रहेका कलाकार दीपक राज गिरीले बताए ।

‘हामीलाई आफ्नै पहिलो दिनको रेकर्डसँग डर लागेको थियो, त्यो डर अब रहेन’, बुधवार साँझ राजधानीको बिग मुभिजमा दर्शकको प्रतिक्रिया लिन पुगेका दीपकले ठुलोपर्दा डटकमसँग भने । दीपकले आफ्नो रेकर्ड आँफैले तोड्नेमा ढुक्क रहेको बताए । यो समाचार तयार पार्दासम्म पहिलो दिनको व्यापारिक रिपोर्ट भने उपलब्ध भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu