प्रियंकाका ‘हजबेण्ड’ सौगात, ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाण्डौ। सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक १७ गते रिलीज हुने यो चलचित्रको ट्रेलर कमेडी छ ।
यस चलचित्रमा सौगातले तराई क्षेत्रको एक यूवकको भूमिका निर्वाह गरेका छन् । अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका छन् ।
प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
भिडियो: