पहिलो नेपाल आइडलका तीन प्रतिस्पर्धी एकसाथ टुँडिखेलमा (भिडियो)
काठमाण्डौ। पहिलो नेपाल आइडलका टप तीन प्रतिस्पर्धीहरुले काठमाण्डौको टुँडिखेलमा बिषेश कन्सर्ट दिएका छन् ।
शनिबार दिउसो निशान भट्टराई, प्रताप दास र बुद्द लामा एकसाथ लाखौँ दर्शकको अगाडी देखिए । कन्सर्टमा दर्शकहरुको चापले प्रहरीलाई हम्मे-हम्मे पर्यो भने केहि दर्शक बेहोस भएका थिए ।
उक्त कन्सर्टमा नेपाल आईडलका तीनै प्रतिस्पर्धीहरुले दुई–दुई गीत गाए । प्रतापले चलचित्र ‘प्रेम गीत २’ को ‘मोटरसाईकलमा’, निशानले ‘तुलसी आँगनमा रोपौँला’ र बुद्धले ‘अरे क्यानम’ बोलको गीत गाउँदा दर्शकले आनन्द लिए ।
भिडियो हेर्नुहोस्: