दर्शकसँग खुशी साट्न हलमा पल र आँचल, पल भेट्दा रोए युवती (भिडियो)



काठमाण्डौ। प्रदर्शनको पहिलो दिन शुक्रबार सुखद व्यापार गरेको फिल्म जोनी जेन्टलम्यानले शनिबार देशभरका प्राय: हलहरुमा हाउसफूलको व्यापार गरेको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ प्रतिशत र दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताएका छन् ।

मोफसलमा पनि दर्शकको चाप राजधानीकै सरह रहेको निर्माता अजयमल्ल ठकुरी बताए । हलमा दर्शकको चाप बढेपछि नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताहरु अजय र एन्ड्रियू पौडेल हलहलमा पुगेका थिए । गोपिकृष्ण र अष्टनारायणका दर्शकसँग उनीहरुले खुसी साटेका छन् ।

पल र आँचलसँग सेल्फी खिच्न उनीहरुका फ्यानहरु झुम्मिएका थिए । शनिबारसँगै असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेका कारण जोनी जेन्टलम्यान लाई फाइदा पुग्ने देखिएको छ । पल र आँचको मुख्य भूमिका रहेको फिल्म एक्सन लभ स्टोरी जनराको हो । पल अभिनित यसै वर्ष प्रदर्शनमा आएको फिल्म म यस्तो गीत गाउँछु सुपरहिट भएको थियो ।

भिडियोमा हेर्नुहोस् राजधानीको गोपीकृष्ण हलमा चलचित्र यूनिट पुग्दा देखिएको दृश्य:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu