अन्तरजातीय प्रेमकथामा ‘द मंगोलिनय हर्ट’, असोज छ गतेबाट प्रर्दशनमा आउने
काठमाण्डौ। नेपाली चलचित्र ‘द मंगोलिनय हर्ट’ असोज छ गतेबाट प्रर्दशनमा आउने भएको छ । आइतबार राजधानीमा प्रेस भेटघाट गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिईएको थियो ।
आर.एल लामाको निर्देशनमा तयार भएको चलचित्रमा धिरन शाक्य, आर.एल लामा, प्रतिक्षा खड्का, रोसनी ब्लोन, सुशिल पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ, लिला गिरी, माया लामा, बिजया तिखातरी लगायत कलाकारको अभिनय छ ।
आर.एल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र लंका माया मोक्तानले निर्माण गरेकी हुन् । चलचित्रका सह निर्माता देखिका खड्का, माया लामा, सम्झना शाक्य रहेका छन् ।
आर्यन र मंगोलियन समुदायबीच हुने प्रेमकथालाई रोमान्टीक तवरले चलचित्रमा देखाउन खोजिएको चलचित्रमा शंखर महर्जनको द्धन्द्ध, दिनेश प्राखि्रनको नृत्य रहेको छ । चलचित्रको गीतमा मौसम मधुर र संध्या सुनुवारले स्वर दिएका छन्, भने संगीत रिमेश कुमार अमृत लामाको रहेको छ ।
चलचित्रमा अन्तरजातीय प्रेमकथालाई एक्सन र रोमान्सले भरिपुर्ण बनाएर चलचित्र निर्माण गरिएको निर्देशक आर.एल लामाले बताए ।