समिरको ‘मादल घिन घिन बजेपछि’ (भिडियो)
काठमाण्डौ। गत वर्ष ‘दुनियाँ बेग्लै छ’ बोलको गीतले नेपाली बजार र नेपाली बस्ने विदेसी बजारमा निकै राम्रो चर्चा पाएको थियो । त्यसपछि देउडा गीत ‘चट्ट सलाम छ’ मन-मनमा बस्न सफल भएको थियो । अघिल्ला गीतको चर्चा सेलाउन नपाउादै अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले फेरि अर्को गीत ‘घिन घिन वज्यो मादलु’ सार्वजनीक गरेका छन् ।
यो गीतको भिडियोमा अष्ट्रेलियामा रहेर पनि विश्वमाझ रहेका नेपालीहरुको मनमा बस्न सफल ‘डान्स ग्रुप द नेक्सट’ले नृत्य गरेका छन् । आफ्नो बुवाको एल्बममा रहेको पुरानो टप्पा गीतलाई नयाा फ्लेवरका साथ समिरले यो गीत बजारमा ल्याएका छन् ।
यसमा शब्द तथा संकलन चिन्तामणी शर्माको रहेको छ । गायक समिर आचार्य आफ्ना अहिलेसम्मकै गीतमा यो गीत विशेष रहेको बताउाछन् । प्रदिप लामाको कोरियोग्राफी रहेको यो गीतमा अभियान थापाको छायांकन तथा सम्पादन छ । यो गीतको भिडियोमा प्रदिप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मिया लगायतले नृत्य गरेका छन् ।
भिडियो: