‘टिनएज’को अडियो जुकबक्स सार्वजनिक



काठमाण्डौ। नेपाली चलचित्र ‘टिनएज’को अडियो जुकबक्स सार्वजनिक भएको छ । जुकबक्समा ५ गीत समावेश छन् ।

‘साला जिन्दगी बोर’, ‘अस्त्रले मर्दिन म’, ‘रुप तिम्रो’, ‘मेरी छोरी’ र ‘पल भरमै’ गीत जुकबक्समा समावेश छन् । विकास चौधरी, बसन्त सापकोटाको संगीत, राजेश पायल राई, कमल खत्री, राजु गुरुङ, अञ्जु पन्त, प्रविसा अधिकारी र टिका प्रसाईको गायन, डा. हरी बराल, हरी उप्रेती र सविना केसीका शब्द रहेका छन् ।

असोज २७ गते रिलीज हुने ‘टिनएज’ दिनेश पाख्रिङको निर्देशनमा निर्माण भएको हो । चलचित्रका छायाँकार बासु न्यौपाने हुन् । चलचित्रमा अञ्जली खड्की, नरेश वीर सिंह, सरोज शाह, प्रतिक्क्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

विरु मगर र चिनीमाया वाइवा फिल्मका निर्माता हुन् भने देविका खड्का र निर्मल स्यान्ताङ ‘टिनएज’का सह-निर्माता हुन् ।

जुकबक्स:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu