अर्जुन पोखरेलको अर्को उत्कृष्ट गीत ‘परिचय पाउँ’, चलचित्र ‘मेला’को पहिलो गीत सार्वजनिक (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘मेला’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘परिचय पाउँ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

कार्तिक २४ गते रिलीज हुने यो चलचित्रको सार्वजनिक गीतमा नायिका तथा कोरियोग्राफर पवित्रा आचार्य र नायक गजित बिष्टको नृत्य रहेको छ । तर, यो दुई कलाकार भने चलचित्रमा अतिथी भूमिकामा मात्र रहेका छन् । ‘मेला’मा सलोन बस्नेत, अशिष्मा नकर्मी र आमेश भण्डारीको मुख्य भूमिका छ ।

लोक लयको गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धुरालीको शब्द सुन्न सकिन्छ । गीतको कोरियोग्राफर पवित्रा आफै हुन् ।

बसन्त निरौलाको निर्देशन रहेको यो चलचित्रका प्रस्तुतकर्ता हरि पन्त हुन् भने निर्माता मनोज मरोडिया हुन् । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन, दिव्य सुवेदीको छायांकन, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu