‘२ रुपैयाँ’मा लाउरे र एड्रेको र्याप, हेर्नुहोस् ओएसटी (भिडियो)
काठमाण्डौ। नेपाली चलचित्र ‘२ रुपैयाँ’को ओएसटी भिडियो सार्वजनिक भएको छ । भाद्र २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्र ओएसटीमा र्यापरहरु लाउरे र एड्रेको र्याप रहेको छ भने शब्द संगीत रोहित शाक्यको छ ।
सार्वजनिक भिडियोमा लाउरे, एड्रेसँगै फिल्मका मुख्य कलाकारद्वय निश्चल बस्नेत र आशिफ शाह पनि छन् ।
ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा।ली।ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।
भिडियो: