मोफसलमा साम्राज्ञी, सलीन र सलोनको क्रेज



भदौ १६ मा रिलिज हुने नेपाली चलचित्र ‘ए मेरो हजुर २’ हाल मोफसल प्रचारमा छ । हेटौडा देखि मोफसलमा प्रेसमिट र कन्सर्ट थालेको टिमले विहिबार चितवनमा दर्शक माझ साक्षात्कार गरेको छ । शुक्रवार भने यो टीम पोखरा पुगेको छ ।

बिहान चितवनमा प्रेसमिट गरेको टिमले दिउसो भर चितवनका दर्शकसँग तीज सेलेब्रेसन गर्‍यो । ‘ए मेरो हजुर २’सँग तीज मनाउन हजारौ दर्शकको उपस्थिति रहेको थियो ।

दर्शकले टिमसँग ‘ए मेरो हजुर २’का हिट गीत गाउँदै रमाईलो गरे । मोफसल दौडाहामा रहेको ‘ए मेरो हजुर २’ टिम चितवन, बुटवल, पोखरा हुदैं राजधानी भित्रिनेछ ।

प्रतिक्षा गरिएको यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अम्बर पौडेल, अनुभव रेग्मी, विल्सनविक्रम राई, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu