​पलको ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलीज (भिडियो)



काठमाण्डौ। नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पल र आँचलको प्रेमदेखि पलको एंग्री लुक्स देख्न सकिन्छ । यो फिल्मलाई नितिन चन्दले निर्देशन गरेका हुन् । 

एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल ‘जोनी’को भूमिकामा छन् । यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म ‘नाई नभन्नू ल ४’ मा अभिनय गरेका थिए । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल शाह जोनीको भूमिकामा छन् । 

अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । यो फिल्म भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu