इ-सेवासँग सहकार्य गर्दै बाढी पीडितको सहयोगमा निश्चल र अशिफ



काठमाण्डौ। फिल्म ‘दुई रुपैयाँ’ निर्माण कम्पनिहरू जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले बाढी पीडितका लागि सहयोगको हात अगाडि बढाएका छन् । मोबाइल र इन्टरनेटबाट नै सजिलै पैसा आदान–प्रदान गर्न सकिने इ–सेवा कम्पनिसँग सहकार्य गरी निर्देशक तथा कलाकारद्वय निश्चल बस्नेत र आशिफ शाहले यो अभियान सुरु गरेका हुन् ।

अभियानमा दुवै निर्देशक र कलाकारहरूले नगद ५०–५० हजारको सहयोग प्रदान गरेका छन् । यस्तै, सहयोग गर्ने कम्पनि इ–सेवाले पनि २ लाख नगद योगदान गरेको छ भने इ–सेवाका कर्मचारीहरूको तर्फबाट १ लाख ५१ हजार नगद सहयोग जुटेको छ । बाढी पीडितका लागि जम्मा भएको ४ लाख ५१ हजारबाट अभियानको सुरुवात भएको निर्देशक आशिफ शाहले जानकारी दिए ।

यो अभियानका बारेमा कलाकार निश्चल बस्नेतले भने, “अहिले तराईको भूभागको अवस्था यस्तो भएको बेलामा सकेसम्म आफू नै त्यहाँ पुगेर नै सहयोग गर्नु ठूलो हो । तर त्यहाँ पुग्न नसकिएको खण्डमा पनि हाम्रो यो अभियानले घर–घरबाट सहयोग गर्न चाहनेलाई सजिलो बनाइदिन सक्छ ।”

यस्तै, कलाकार आशिफ शाह भन्छन्, “यो अभियानका लागि उठाइएको रकम हामीले कुनै पनि प्रशासनिक कार्यका लागि प्रयोग गर्ने छैनौँ र सम्पूर्ण राहतको कार्यमा नै प्रयोग गर्नेछौँ । यो अभियानको पारदर्शिताका लागि योगदान गरिएको रकम पूरा नै इ–सेवाको डोनेसन खण्डमा हेर्न पनि सकिनेछ” । दुई रुपैयाँ’ भाद्र १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu