श्वेताले घोषणा गरिन् ‘कान्छी’



काठमाण्डौ। नायिका श्वेता खड्काले निर्माण गर्ने नेपाली चलचित्र ‘कान्छी’को औपचारिक निर्माण घोषणा गरिएको छ । आकाश अधिकारीको निर्देशनमा बन्ने यो चलचित्रमा श्वेता खड्का र दयाहाङ राईको प्रमूख भूमिका रहनेछ ।

कार्यक्रममा बोल्दै निर्देशक आकाश अधिकारीले ‘कान्छी’ विशुद्द नेपालीपन बोकेको चलचित्र रहेको बताए । चलचित्रले वैदेशिक रोजगारीको कथासँगै गाउँमा कान्छीले भोग्नु परेको दुःख बोल्ने अधिकारीले बताए ।

मुस्ताङमा ३५ दिन खिचिने चलचित्रको सुटिङ सेड्यूल ४५ दिनको रहेको छ । स्वेताले आफूले पहिलो पटक फिल्म निर्माणमा हात हालेका कारण सबैको साथ र सहयोग मिल्नेमा विश्वस्त रहेको बताइन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । फिल्ममा स्वेता र दयाका अलावा अनु शाह, भूमिका श्रेष्ठ, नीर शाह, प्रज्वल सुरज गिरीको पनि मुख्य भूमिका रहनेछ ।

श्वेताले श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि ‘कान्छी’बाट चलचित्रमा कमब्याक गर्न लागेकी हुन् । चलचित्र माघ २६ गते प्रदर्शनमा ल्याइने तयारी छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu