पोखरामा ग्याङ्गस्टर क्रेज



पोखरा। भदौ २ बाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’ टिम यतिबेला मोफसल प्रचारमा जुटेको छ । निर्माण युनिट, लिड कलाकार तथा सांगितिक टिम सहितको टोली मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँको लागी विभिन्न कार्यक्रम सहित भ्रमणमा निस्किएको हो ।

फिल्म युनिटले शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको ट्रेड मलमा शनिबार साँझ आयोजित कार्यक्रममा स्थानिय सयौँ दर्शक झुम्मिए । चर्चित संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा अनि गायिका वाणिमा प्रधानको गायनमा कम्मर मर्काए । यस्तै लिड अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्रीद्वय आना शर्मा र रोजिशा शाहीसँग सेल्फीमा रमाए ।

चलचित्र मुख्यतः युवा पुस्ता लक्षित हुँदा निर्माण टिमले सोही प्रकारको ‘पब्लिसिटी स्टाटेजी’ बनाएर आईतबार पोखरा आसपासका कलेजहरुमा पुग्यो, जहाँ अचम्मको माहोल बन्यो । विद्यार्थीहरु पढाई छाडेरै आशिर आना अनि संयमसँग अंकमाल गर्न, सेल्फी लिन अनि तश्विर खिचाउनमा निस्किए । आईतबार बिहान जनमैत्री क्याम्पस प्राङ्गणमा सम्पन्न कन्सर्टमा ५ सय बढि विधार्थीको सहभागिता देखियो ।

जेएमसीसँगै ला ग्राण्डी ईन्टरनेशनल कलेजमा भएको छुट्टाछुट्टै कार्यक्रमबाट आशिरमानलाई बाहिर निकाल्न नै आयोजकलाई मुश्किल परेको थियो । सेल्फीमा रहाउनेदेखि गालामा किस गर्ने अनि अटोग्राफ लिने भिन्न भिन्न प्रकारका आशिर क्रेजी फ्यानहरु पोखरामा भेटिए । पहिलो फिल्म रिलिजको छेकोमा नै आशिरमानको देखिएको क्रेजले स्थानियवासीले उनलाई भोलीको स्टारको उपमा दिएका छन् । यस्तै लामो समयपछि दर्शकमाझ नजिकबाट पुगेका ‘सायद’ अभिनेता संयम पुरीको क्रेज पनि पोखरेलीमाझ उस्तै देखियो भने ‘जेरी’ पछि पर्दामा ‘ग्याङ्गस्टर ब्लूज’बाट पर्दामा पुनरागमन गर्दै गरेकी आना पनि सोहि प्रकारले घेरिईन् ।

कार्यक्रममा फिल्म युनिटले क्विज कन्टेस्ट पनि सम्पन्न गरेको छ । फिल्मसँग सम्बन्धित रहेर गरिएका प्रश्नको सहि उत्तर दिने मध्येबाट पोखरामा भदौ १ गते हुने प्रिमियरको लागी सात जना दर्शकले कलाकारसँगै रहेर फिल्म हेर्ने अबसर आफ्नो पक्षमा पारेका छन् ।

त्यसपश्चात आयोजित पत्रकार भेटघाटमा फिल्म निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई भदौ २ मा रिलिजपछि फिल्मले न्याय गर्ने बोले । पछिल्लो पुस्ताका दर्शकको मनोभावनालाई सम्बोधन गर्ने किसिमले फिल्म बनाएको भन्दै बिसीले दर्शकलाई आफ्ना पछिल्ला सबै फिल्मले भन्दा फरक स्वाद ‘ग्याङ्गस्टर ब्लूज’ले दिने दाबी पनि गरे ।

निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले फिल्मप्रति देखाएको उत्सुकता अनि चासो तथा लिड अभिनेता अभिनेत्री प्रतिको क्रेजले फिल्म सफलताको संकेत दिएको बोले । आईतबारको पोखरा कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ । सोमबार तथा मंगलबार बुटवलमा कार्यक्रमपछि बुधबार ‘ग्याङ्गस्टर’ टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ । त्यसपश्चात शुक्रबार र शनिबार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुनेछ ।
तस्विरः मिलन ढुङ्गाना

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu