फिल्म ‘हुर्रे’ घोषणा, केकी र अनुपको जोडी बाँधियो



काठमाण्डौ। नेपाली चलचित्र ‘हुर्रे’को निर्माण घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच नायिका केकी अधिकारी र नायक अनुप विक्रम शाहीको मुख्य भूमिका रहने चलचित्र ‘हुर्रे’को निर्माण घोषणा गरिएको हो । डार्क कमेडी भनिएको चलचित्र ‘हुर्रे’लाई स्क्रिप्ट राईटर यम थापाले निर्देशन गर्न लागेका हुन् ।

चलचित्रको घोषणा कार्यक्रममा उपस्थित नायिका केकी अधिकारीले हुर्रेको कथावस्तु र आफ्नो भूमिका राम्रो लागेका कारण काम गर्न लागेको बताइन् । ‘हुर्रे’को घोषणा कार्यक्रममा नायक अनुप विक्रम शाही भने अनुपस्थित थिए । यसअघि केकी र अनुपले फिल्म ‘हाउ फन्नी’मा एकसाथ काम गरेका थिए ।

शिव ढकालको क्यामेरा, कालीप्रसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत, राजेन्द्र थापा र कालीप्रसाद बाँस्कोटाको शब्द, मिलन अमात्य, राजराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको गायन, विक्रम स्वारको नृत्य, रोशन भट्टराईको द्धन्द्ध रहने चलचित्रको कथा निर्देशक यम थापा आफैले तयार पारेका हुन् ।

द याक्का इन्टरटेनमन्टको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र हुर्रेका प्रस्तुतकर्ता दावा शेर्पा हुन् । चलचित्रको निर्मातामा सोनम लामा व्लोन, छिरिङ दोर्जे लामामा रहेका छन् । चलचित्रमा केकी र अनुपका अलावा राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापीत, उपदेश तिमल्सेनाको मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu