‘म यस्तो गीत गाउँछु’ गीत आसामी भाषामा भेटियो, संगीतकार पोखरेलले मुद्दा चलाउने (दुबै गीत सहित)
काठमाण्डौ। दुई बर्ष पहिले रिलीज भएको नेपाली चलचित्र ‘प्रेम गीत’को सुपरहिट गीत गीत ‘म यस्तो गीत गाउँछु’को आषामी भाषामा कभर गीत भेटिएको छ ।
आसामी भाषामा ‘नोइ नोइ’ बोलको उक्त गीतमा अनुमति बिनै संगीत तथा शब्द हुबहु कपी गरिएको संगीतकार अर्जुन पोखरेलको बताएका छन् ।
हेर्नुहोस् उक्त गीत:
अनुमति बिना आफ्नो गीतको कभर भिडियो बनाएकोमा संगीतकार पोखरेलले आपत्ती जनाएका छन् । उनले आफुले अन्तराष्टिय रुपमै मुद्दा चलाउने बताएका छन् । कानुनत: कतिपय अवस्थामा पहिले सार्वजनिक भएको गीतलाई नै आधिकारिक मानिने जानकारहरु बताउँछन् ।
आसामी भाषाको गीत गायक विर्गु कश्यपको आफ्नै यूट्युब च्यानलमा अगस्ट ४, २०१७ मा अपलोड भएको छ भने नेपालमा म्यूजिक नेपालको यूट्युब च्यानलमा नोभेम्वर २६, २०१५ मा अपलोड गरिएको छ । यो समाचार तयार पार्दा सम्म यो आसामी भाषाको गीतको भ्यूज ६ हजार माथी छ भने नेपालीमा ६९ लाख ४४ हजार माथी छ ।
आसामी गीतमा ‘TRANSLATION COVER FROM NEPALI SONG’ भनेर यूट्युबमा अपलोड गरिएको छ । यो गीतमा ‘कभर गीत क्रेडिट’ भन्दै गायक विर्गु कश्यप र बर्नाली कलिता राखिएको छ भने शब्द रचना दिगन्ता भारती र संगीत पिंकल प्रत्यूष राखिएको छ ।
नेपाली गीतमा अर्जुन पोखरेलको शब्द/संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तको आवाज रहेको छ ।
‘प्रेम गीत’को गीत हेर्नुस्: