‘रोमियो एण्ड मुना’को तीज बिशेष गीत रिलीज (भिडियो)



काठमाण्डौ। नेपाली नारीहरुको पर्व हरितालिका तीजलाई लक्षित गर्दै नेपाली चलचित्र ‘रोमियो एण्ड मुना’को तीज बिशेष गीत रिलीज भएको छ । ‘डानसमा म एक नम्बर’ बोलको गीतमा कोशिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा संगीतकार क्षेत्री, मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर रहेको छ । गीतका कोरियोग्राफर गोविन्द राई हुन् ।

धनकुटा जिल्लामा रहेको भेडेटारको नाम्चे गाउँमा छायाँकन गरिएको भिडियोमा बसुन्धरा भुषाल, सृष्टि श्रेष्ठ, सुस्मा कार्की र मेनुका प्रधान लगायत कलाकारहरु फिचरिङ छन् । नरेश कुमार केसीको निर्देशन रहेको फिल्म ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठ र सुष्टि श्रेष्ठ शिर्ष भूमिकामा छन् ।

पि एमजी पिक्चर्स र भि मोसन पिक्चर्सको संयुक्त प्रस्तुती रहेको फिल्मका निर्माता प्रशन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ हुन् भने दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठले फिल्म खिचेका हुन् । यो चलचित्र माघ २६ गते रिलिज हुनेछ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu