‘प्रेम गीत २’ व्यापार आक्रामक, जान्नुहोस् दुई दिनको व्यापार



काठमाण्डौ। यो शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत २’ले राम्रो ओपनिङ्ग गरेको छ । यो चलचित्रको बक्सअफिस कलेक्सन आक्रामक देखिएको छ ।

प्रदीप खड्का र अश्लेषा ठकुरी अभिनीत उक्त चलचित्रले बम्पर ओपनिङ गरेको राजधानीका हल सञ्चालकहरुले बताएका छन् । केहि हलमा नेपाली फिल्मको इनिसियल कलेक्सनमा रेकर्ड नै हुनसक्ने उनिहरुको दावी छ ।

दरबारमार्गस्थित क्युज हलले शनिवार दशमध्ये छ सोज दिएको थियो । जसमध्ये पाँच सोज हाउसफुल भएका थिए भने मर्निङ सो पनि ६० प्रतिशत अकुपेन्सी रहेको बताईएको छ । राजधानीकै अर्को ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले शनिबार ‘प्रेमगीत २’ लाई १७ सोज दिएको थियो । जसमध्ये अधिकांश सोज हाउसफुल देखिए ।

यो चलचित्रका राजधानी वितरक गोविन्द शाहीले ‘प्रेमगीत २’ ले पहिलो दिनमा नै १ करोड १३ लाख बढि रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरे । त्यस्तै दोश्रो दिन १ करोड ४० लाख माथीको व्यापार गर्दै ‘प्रेम गीर २’ले दुई दिनमा २ करोड ५३ लाख बढिको ग्रस कलेक्शन गरेको बताईएको छ । विश्वज्योतिमा प्रदीप दर्शकमाझ जाने क्रममा फोटो खिच्ने भीड अनियन्त्रित भएपछि नायकलाई भगाउनुपरेको थियो ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको ‘प्रेमगीत २’ ले बर्मेली युवती नेपाल घुम्न आउने क्रममा एक युवकसँग गाँसिने प्रेम र त्यसपछि आइपर्ने अवरोधको कथा उठाएको छ । सन्तोष सेनको निर्माण रहेको यो चलचित्रले आक्रामक ओपनिङ गर्नुमा प्रमोसन, गीत र नायकको क्रेजलाई जश दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu