पुनेमा १० नेपाली चलचित्र देखाइने



भारतको पुनेमा आगामी साउन १३ गतेदेखि आयोजना हुन लागेको एक फेस्टिभलमा १० नेपाली चलचित्र प्रदर्शन गरिने भएको छ । ‘इन द ल्याप अफ दी हिमालयजः ए फेस्टिभल अफ फिल्मस् फ्रम नेपाल’ नामक कार्यक्रममा मीनबहादुर भामको ‘कालो पोथी’, छिरिङ रितार शेर्पाको ‘मुकुन्डो’, दीपेन्द्र के खनालको ‘पशुपति प्रसाद’ र नरेशकुमार केसीको ‘डाइङ क्यान्डल’ देखाइनेछ ।

यस्तै, प्रचण्डमान श्रेष्ठको ‘लभ सासा’, गोपालचन्द्र लामिछानेको ‘ओ माइ म्यान’, यादव भट्टराईको ‘झोला’, नीर शाहको ‘सेतो बाघ’, रामबाबु गुरुङको ‘कबड्डी’, निश्चल बस्नेतको ‘टलकजंग भर्सेज टुल्के’ र मनोज पण्डितको ‘छाया’ पनि प्रदर्शन गरिँदैछ ।

पुने इन्टरनेशनल सेन्टरले नेपालको चलचित्र विकास बोर्ड र भारतको नेशनल फिल्म अर्काइभ अफ इन्डियासँग सहकार्य गर्दै यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu