सिपोराको टीमसँग रंगपत्रकारको भलिवल
काठमाण्डौ। राजधानी स्थित जावलाखेलमा रहेको राष्ट्रिय भलिवल प्रशिक्षण केन्द्रमा फिल्म ‘भुइँ मान्छे’ युनिटसंग रङ पत्रकारको टोलीले मैत्रीपूर्ण खेल खेलेको छ । भलिवलकै पुर्व राष्ट्रिय खेलाडी समेत रहेकी सिपोरा गुरुङको अभिनय रहेको यस फिल्मको रिलिज नजिकिनै लाग्दा सम्पन्न भएको मैत्रीपूर्ण खेलमा ‘भुइँ मान्छे’ युनिटले जिते हात परेको छ ।
भलिबल राष्ट्रिय टोलि कप्तान विनिता बुढाथोकीसँगै स्पाइकरहरु सरस्वति चौधरी, नेबिका चौधरीसंगै सिपोराले ‘भुइँ मान्छे’ युनिटको कप्तानी सम्हालेकी थिइन् भने रङ पत्रकार टिमको कप्तानी चलचित्र पत्रकार संघका संगठन उपाध्यक्ष दिनेश सिटौला सम्हालेका थिए । खेलिएको बेस्ट अफ ५ मा तिन खेलमा १०-२५ , १८-२५ र २३-२५ अंक ल्याउदै सिपोराले भुइँ मान्छे युनिटलाई जीत दिलाएकी थिइन् भने दिनेशको कप्तानीमा रङ पत्रकारको युनिटले २१-२५ अंक ल्याउदै एक खेल जितेको थियो ।
प्राय खेलाडीसंगै खेल्ने गरेको राष्ट्रिय टीमले रङ पत्रकारसंग को मैत्रीपूर्ण खेल रमाइलो भएको बताएका छन् भने रङ पत्रकारहरुले राष्ट्रिय खेलाडीसंग खेल्दा रमाइलो अनुभव भएको बताएका छन् । भाद्र २ मा रिलिज हुने फिल्म ‘भुइँ मान्छे’ लाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् भने यसमा सिपोरासंगै रमेश बुढाथोकी , सहिन प्रजापति , रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ ।