‘ए मेरो हजुर-२’को पहिलो किर्तिमानी यस्तो
काठमाण्डौ। नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ को ट्रेलरले युट्युबमा किर्तिमानी कमाएको छ । इन्टरनेट रिलिजको २४ घण्टामा ट्रेलरलाई साढे ५ लाखभन्दा बढि पटक हेरिएको थियो । यो हेराई नेपाली चलचित्रका ट्रेलरमा २४ घण्टामा सबैभन्दा धेरै हो ।
यो समाचार तयार पार्दासम्म भने ट्रेलरलाई ६ लाख ५५ हजारभन्दा बढीले हेरिसकेका छन् । यसअघि २४ घण्टे रेकर्ड ‘लुट २’को ट्रेलरले बनाएको थियो । उक्त ट्रेलरलाई २४ घण्टामा तीन लाख पचहत्तर हजारले हेरेका थिए ।
दर्शकले रुचाएको ‘ए मेरो हजुर २’ ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-नायक सलिनमान बानियाँको जोडीको तारिफ छ ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको यो चलचित्र भदौ १६ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको छ । फिल्मलाई सन्जय लामाले छायांकन गरेका छन् । संगीत बसन्त सापकोटाको छ ।
ट्रेलर: