अनिल सिंह र नरेश भट्टराईले खोले स्टुडियो



काठमाण्डौ। राजधानीमा नयाँ स्टुडियो सञ्चालनमा आएको छ । चर्चित गायक अनिल सिंह र सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले राजधानीको डिल्लीबजारमा संयुक्त रुपमा “म्यूजिक स्टेट स्टुडियो” नामक स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।

गायक अनिल सिंहले आफ्नो तेस्रो म्यूजिक एल्बम “म्युजिक स्टेट”लाई नै स्टुडियोको नाम दिएका हुन् । उक्त स्टुडियोमा गीत रेकर्डिङ्ग, टिभी कार्यक्रम, युट्यूब कार्यक्रम निर्माण गरिनेछ ।

सञ्चालक मध्येका एक नरेश भट्टराईले स्टुडियोबाट नेपाली फिल्मको विदेश प्रदर्शनको समेत काम हुने बताए । कार्यक्रममा गायक अनिल सिंहले लाइभ ब्यान्डका साथ एक गीत पनि गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu