अमेरिकामा नेपालको माया देखाउँदै सम्राट (भिडियो)



अमेरिकामा रहेका बाल कलाकार सम्राट दाहालले नेपाली राष्ट्रिय भावनाको गीतमा अभिनय गरेका छन् । ‘मलाइ मेरै नेपालको माया छ’ बोलको गीतलाई सम्राटका पिता सुमन दाहालले निर्देशन गरेका छन् ।

भिडियोलाइ साल्टलेक सिटी, युटा अमेरिकामा छायांकन गरिएको छ । अमेरिका आएदेखी नेपाल जाउँ, हाम्रो देश नेपाल हो, हाम्रो घर नेपालमा छ । यहाँ नबसौँ, भोली नै जाउँ जस्ता कुराहरु छोराले भन्न थालेपछि भिडियो बनाएको निर्देशक दाहालले बताए ।

गीतमा शब्द शान्तिप्रियको रहेको छ भने संगीत सन्तोष श्रेष्ठको, बेगेन्द्र बुढाको स्वर रहेको छ । गीतमा सम्राटसँगै बिर्याना थपलिया, बिएनका थपलिया, संमृद्धी थापा र संयुक्ति थापाको पनि अभिनय रहेको छ ।

सुजिता सिटौलाको छायाँकन रहेको यस गीतलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu