नेपाली चलचित्र हेर्न दर्शकको भीड, दुवै चलचित्रको राम्रो शुरुवात
काठमाण्डौ। आज चलचित्र हलमा नेपाली चलचित्र हेर्न दर्शकको भीड देखिएको छ । दुई नेपाली चलचित्रसँगै हलीउड र बलीउडका राम्रा चलचित्र नेपालमा रिलीज भएपनि विदेशी चलचित्र भन्दा नेपाली चलचित्र हेर्न दर्शकको भिड देखिएको छ ।
नेपाली चलचित्रको व्यापारमा खडेरी लागिरहेको समयमा आजबाट रिलिज भएका दुई नेपाली चलचित्रहरु ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ हेर्न दर्शकको लाम लागेको छ । ‘म यस्तो गीत गाउँछु’ले पहिलो शोमा नै उल्लेख्य दर्शक पायो भने ‘सायद २’को अडियन्स फ्लो पहिलो शोमा सुखद र दोश्रो शोबाट बढिरहेको बताईएको छ ।
‘म यस्तो गीत गाउँछु’का वितरकले बम्पर ओपनिङ बताएका छन् । वितरक गोपाल कायस्थका अनुसार काठमाण्डौको गोपिकृष्णमा कृष्णमा लागेको चलचित्र २ बजेको शोबाट गोपीमा सारिएको बताएका छन् । उनले मल्टिप्लेक्स र सिंगल दुवैमा चलचित्रको ओपनिङ राम्रो रहेको बताएका छन् । त्यस्तै, चलचित्र ‘सायद २’ निर्माता सुनिल रावलले आफ्नो चलचित्रको व्यापार पहिलो शोमा सुखद रहेको र दोश्रोबाट दर्शक बढेको बताएका छन् । उनले दोश्रो शो मा अधिकांश हलमा अडियन्स फ्लो चढ्दो रहेको बताए ।
काठमाण्डौ बाहिर पनि दुवै चलचित्रले राम्रो सुरुवात गरेको बताईएको छ ।