हङकङमा ‘कमलेको बिहे’
नेपाली चलचित्र ‘कमलेको बिहे’को हङकङमा प्रिमियर गरिएको छ । आइतबार भएको प्रिमियरमा नायक अनुपबिक्रम शाही उपस्थित थिए ।
‘ह्यान्डसम भिलेन’को रुपमा दर्शकमाझ चिनिएका अनुपले यो फिल्ममा निर्वाह गरेको भूमिकालाई हङकङबासी नेपालीहरुले रुचाएको बताईएको छ । नेपाली परिवेशको अन्य फिल्मले उठाएका भन्दा केही पृथक प्रस्तुति जोडेको ‘कमलेको बिहे’लाई हङकङ प्रिमियरमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक पौड्यालले बताए । निर्देशक पौडेका अनुसार, अब यो फिल्म युके, अमेरिका तथा युरोपका विभिन्न शहरमा विशेष प्रदर्शनी हुने छ ।
चलचित्रमा अनुप विक्रम शाही (कमले) र सन्ध्या केसी (चमेली) को भूमिकामा छन् । फिल्ममा यो जोडीका अलावा विनोद न्यौपाने, इशान ढकाल, किरन लकौल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
फिल्ममा सरीता विष्ट, सुनिल विष्ट र मिलन लामाले संयूक्त लगानी छ । विदुर पाण्डेको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध, दिपकमान सिंहको कोरियोग्राफी, तारा थापाको सम्पादन छ । फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।