सिपोराको मायामा रमेश (भिडियो)
काठमाण्डौ। अभिनेता रमेश बुढाथोकी भलिबल खेलाडी सिपोरा गुरुङको मायामा पर्दै गएका छन् । उनि आफ्नै छिमेकी सिपोरालाई मन पराउँन थाल्छन अनि उनले खोजे झैा आफ्नो स्वरूपमा पनि परिवर्तन ल्याउन थाल्छन ।
यो प्रसंग उनको ‘रियललाईफ’को नभई ‘रिललाईफ’को हो । यी दुइ कलाकारको अभिनय रहेको चलचित्र ‘भुईँ मान्छे’मा समावेश एक गीतमा यस्तो देखिन्छ ।
सार्वजनिक गीतमा शब्द दयाराम पाण्डेको रहेका छन् भने संगीत अर्जुन पोखरेलको छ । गीतलाई प्रमोद खरेलले गाएका छन् । भिडियो कविराज गहतराजले निर्देशन गरेका छन् । यो चलचित्र भाद्र २ मा रिलिज हुनेछ ।
भिडियो: