तीन करोड नेपालीमाथीको गम्भिर बिषयमा ‘धनपति’



काठमाण्डौ। यसअघि ‘टलकजंग भर्सेज् टुल्के’ र ‘पशुपती प्रसाद’ नामक चलचित्रबाट सफल मानिएका अभिनेता खगेन्द्र लामिछाने अब ‘धनपति’ बनेका छन् । ‘धनपति’ बन्दा पनि उनले उत्तिकै प्रशंसा पाएका छन् ।

‘पशुपति प्रसाद’ कै निर्देशक दिपेन्द्र के खनाल निर्देशित धनपति देशैभर रिलीज भएको छ । रिलीजको पूर्वसन्ध्यामा बिहिवार साँझ चलचित्रको प्रिमियर गरिएको थियो । प्रिमियर शो हेर्नेले ‘धनपति’लाई प्रशंसा गरेका छन् । शूक्रवार रिलीज भएसँगै ‘धनपति’ हेर्न उल्लेख्य मात्रामा दर्शकहरु हल पुगेका छन् ।

चलचित्र ‘अझै पनि’मा सह-नायिका बनेर रजतपटमा भित्रिएकी सुरक्षा पन्त ‘धनपती’की श्रीमती अर्थात चलचित्रकी प्रमूख अभिनेत्री हुन् । सुरक्षाले पनि अभिनयमा तारिफ पाएकी छन् । बाल कलाकार सुरवी बर्तौलाले पनि प्रशंसायोग्य अभिनय गरेकी छिन् ।

थोरै पात्र लिएर पनि तीन करोड नेपालीमाथीको गम्भिर बिषयमा ‘धनपति’ बनेको छ । तराई भेगको हुनेखाने ‘काजी परिवार’ राजनीतिमा नआउँदा बेहोर्नु परेको दुर्दशा र आफ्नी छोरीको भबिष्य बनाउन पूर्व धनाड्य परिवारले बेहोरेको सास्तीमाथी कसरी राजनीति प्रयोग हुन्छ त्यो ‘धनपति’ले दर्शाउँछ ।

कसैको स्वार्थपूर्तीमा दैनिक गुजारा चलाउन समेत हम्मे-हम्मे परेका नागरिकलाई गरिने प्रयोग र तिनै नागरिकमाथी राजनीतिले निम्त्याएको बेथिती चलचित्रमा पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu