ब्रिटिस गायक जे शन काठमाण्डौमा



काठमाण्डौ। बेलायतका चर्चित अंग्रेजी गायक जे शनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन् । काठमाडौं दरबारमार्ग स्थित ‘डेजा भु’ क्लबमा आगामी २८ असार (१२ जुलाई) बेलुका ७ बजेबाट कन्सर्ट सुरु हुनेछ । सुरुको चार घन्टा नेपाली डिजेहरुको सेसन रहने छ । त्यसपछि राती ११ बजेबाट ‘जे शन सााझ’ मा गायक जे शन प्रस्तुत हुनेछन् । उनले डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसंगीत प्रस्तुत गर्नेछन् ।

आयोजक संस्था युहान इन्टरनेशनलले बुधबार दिउसो काठमाडौंको होटल सोल्टीमा पत्रकार भेटघाट आयोजना गरी जे शनको कन्सर्ट तयारी पुरा भएको जनाएको छ । युहान इन्टरनेशनल इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सांगीतिक श्रृंखला अन्तर्गत पहिलो श्रृंखलामा जे शनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको पत्रकार भेटघाटका क्रममा युहानका प्रबन्ध निर्देशक सानु खानले बताए ।

नेपालका जे शनका प्रसासकहरुको चाहना अनुसार उनको एकल कन्सर्ट राखिएको पनि युहान इन्टरनेशल इभेन्टसका प्रबन्ध निर्देशक खानले बताए । खानका अनुसार जे शन सागीतिक कार्यक्रमका लागि आफ्नो डिजे र टिम सहित २७ असार बेलुका काठमाडौं आउने छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन । २८ असार बेलुकाका कार्यक्रम सकेर जे शन २९ असार बिहान अमेरिका फर्कने छन् ।

यो कन्सर्टका मार्केटिङ डिरेक्टर मन्चिन शाक्यले डेजा भु क्लबमा जे शनको कन्सर्टमा करिब ६ हजार दर्शक सहभागी हुने बताए । २५ सय, ३ हजार र ५ हजार रुपैयाँको टिकट तोकिएको यो कन्सर्टमा टिकट अनुसारको सुविधा दर्शकले पाउने पनि शाक्यले बताए ।

‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेशन सन २००९ देखि सन २०१२ सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट बिएमआई सङ साईटर अवार्ड जितेका हुन् । अमेरिकामा समेत दुई पटकसम्म उत्कृष्ट दश गायक भित्र पर्न सफल यिनै कलाकार जेसनलाई अब काठमाडौंमा प्रत्यक्ष सुन्न र देख्न पाईने भएको छ ।

सामाजिक सञ्जाल फेशबुकमा ७० लाख र टिवटरमा ४० लाख भन्दा बढी फलोअर भएका जेसनले काठमाडौंको साागीतिक सााझमा राईड इट…, मेक माई लभ…, स्टोलन…, डाउन डाउन…, आइ एम अल योर्स…, लाईक दिस लाईक द्याट…, डान्स विद यु…, स्टे…हृवेर यु डु गो..सहित आफ्ना हिट डेढ दर्जन गीत गाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu