भिटामिन खाँदा को-को भए डल्ले ? (भिडियो)
काठमाण्डौ। महिलाहरुले धुमधामसाग मनाउने पर्व तिज आउन लगभग अझै दुई महिना बाँकी छ । तर गायक गायिकाले तिजलाई मध्यनगर गरेर ल्याउने संगीतिक कोसेलीले भने बजार तताउन थालिसकेका छन् । यसै क्रममा गायिका लक्ष्मी आचार्यले पनि तिजलाई मध्यनजर गरे नयाँ गीत सार्वजनिक गरेकी छन् ।
गायिका आचार्यले भिटामिन बोलको तिज गीत ल्याएकी हुन् । उनलाई यो गीतमा चर्चित गायक खुमन अधिकारीले गायनमा साथ दिएका छन् । गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा अभिनेत्री तथा मोडल सुस्मा अधिकारी र शंकर बिसीको अभिनय रहेको छ ।
नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो करण चैसिरले छायांकन गरेका हुन्, भने निर्देशन प्रकाश भट्टको रहेको छ । गायिका आचार्यका आधुनीक, लोक, लोकपप लगायतका दर्जनौ गीत बााहिर आइसकेका छन् । केही फरक शैलीको गीत पस्कन रुचाउने गायिका आचार्यले यो गीत कमेडी शैलीमा ल्याएकी हुन् ।
भिडियो: