‘कारखाना’ एकल रिलीज
काठमाण्डौ। यो साता चलचित्र हलहरुमा एकमात्र नेपाली चलचित्र रिलीज भएको छ । ‘कारखाना’ देशभरका ८० बढी हलबाट प्रदर्शनमा आएको छ ।
सुशील श्रेष्ठ, वर्षा सिवाकोटी, मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, विकास उप्रेती अभिनित सिनेमाले प्रेमका लागि घर छोडेकी युवतीको संघर्षलाई प्रस्तुत गरेको छ ।
चलचित्रमा दयाराम दाहाल, सुशील पोखरेल र अमरदीप सापकोटाको संयुक्त पटकथा समावेश छ । ‘कारखाना’मा अनिल शाही, हर्कुलस बस्नेत र कल्याण सिंहको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अनन्त घिमिरेको सम्पादन छ ।
सिनेमालाई सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन् ।